बजेट विनियोजन भएको २५ वर्षपछि प्रधानमन्त्रीद्धारा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट विनियोजन भएको २५ वर्षपछि प्रधानमन्त्रीद्धारा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास



कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार औद्योगिक क्षेत्र निर्माणस्थलमा पुगेर शिलान्यास गरेका हुन ।

पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि दैजीछेला औद्योगिक क्षेत्रको ओलीले शिलान्यास गरे । २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुनेछ ।

औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १५:५९