कर्जा बिस्तारमा बैंक आक्रामक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्जा बिस्तारमा बैंक आक्रामक



काठमाडौं । पाँच अर्ब निक्षेप बढ्दा ७४ अर्ब कर्जाकोभिड-१९ महामारीका कारण लामो समयसम्म कर्जा विस्तार सुस्त भएका बैंकहरु अहिले आक्रामक हुन थालेका छन् । महामारी कम भई जनजीवन सामान्य हुँदै गएपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् ।

कर्जा विस्तार उच्च भए पनि त्यसको तुलनामा बैंकहरुको निक्षेप वृद्धि भने न्यून नै छ । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वाणिज्य बैंकहरुले ४ खर्ब १५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । अघिल्लो आवको यसै अवधिमा बैंकहरुको लगानी २ खर्ब ८७ अर्ब रुपैयाँ वृद्धि भएको थियो ।

चालू आवको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुको कर्जा २५ अर्बले घटे पनि भदौपछि भने लगातार वृद्धि भइरहेको छ । सबैभन्दा बढी पुस महिनामा १ खर्ब ४३ अर्ब लगानी गरेका छन् । माघ महिनामा मात्र बैंकहरुको कर्जा ७४ अर्ब रुपैयाँ वृद्धि भएको छ । यसैगरी फागुन पहिलो सातामात्रै १७ अर्ब ऋण बढेको छ ।कारोबार दैनिकबाट

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार ०७:४६