आरम्भ चौतारीको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आरम्भ चौतारीको लाभांश घोषणा



काठमाडाै । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

संस्थाकाे फागुन १२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।मर्जरमा गएकाे हुनाले बोनसमा कर नलाग्ने भएकाले संस्थाले नगद लाभांश भने प्रस्ताव गरेकाे छैन ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार ११:५६