महिला लघुवित्तको आइपीओ बाँडफाँड



काठमाडौं । महिला लघुवित्तले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड गरेको हो ।

आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बिक्रि प्रबन्धकले बताएको छ।

लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो।

कम्पनीले माघ ३० गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणमा बाँडफाँड गरिएको हो।

आईपीओ नतिजा तीन ठाउँबाट मात्र हेर्न सकिन्छ । आईपीओ नतिजा हेर्न आईपीओ जारी गरेको सम्बद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरबाट मात्र हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्

उदयपुरको लालपत्तामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –०६ लालपत्तामा शाखारहित बैंकिङ्ग सेवा

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला चयन

काठमाडौँ । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् ।

प्रकाशित मिति २०७७ चैत १ देखि