६६ करोड रुपैयाँ बराबरको आइपिओ फागुन २३ देखि निष्काशन हुने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यहि फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ ।

यस आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्

उदयपुरको लालपत्तामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –०६ लालपत्तामा शाखारहित बैंकिङ्ग सेवा

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला चयन

काठमाडौँ । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् ।

प्रकाशित मिति २०७७ चैत १ देखि