विमानस्थल तीन घण्टापछि सुचारू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

विमानस्थल तीन घण्टापछि सुचारू



काठमाडाैं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तीन घण्टापछि सुचारू भएको छ । धावनमार्ग चर्किएपछि मर्मतका लागि बिहान ७ बजेदेखि १० बजेसम्मका लागि बन्द गरिएको थियो ।

विमानस्थल बन्द भएपछि टर्किस एयरको विमान दिल्ली ‘डाइभर्ट’ गरिएको छ । त्यस्तै, ओमन एयरको विमान लखनउ अवतरण भएको छ ।

विनाशकारी भूकम्पपछि उद्धार तथा राहतका लागि नेपाल आएका ठूला विमानका कारण अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको बताइएको छ । अहिले विमानस्थ्लमा उडान अवतरण सामन्य भइसकेको ट्रमिनल ड्युटी अफिसले जानकारी दिएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७२, शुक्रबार ०५:३०