स्थापना दिवसमा स्मरण साकोसको रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्थापना दिवसमा स्मरण साकोसको रक्तदान कार्यक्रम



काठमाडौ । स्मरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ आै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाको कार्यालयमा भएको सो कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्धक निर्मल प्रसाद हुमागाईले जानकारी दिए ।

यस्तै आगामी दिनमा संस्थाले आफ्ना समाजिक कार्यहरुलाई अझै बृहत बनाउदै लैजाने र आफ्ना सदस्यलाई सहकारी सम्बन्धी शिक्षा समेत सञ्चालनमा ल्याउने योजना रहेको हुमागाईले जानकारी दिए ।

अध्यक्ष ठाकुरप्रसाद त्रिपाठीले आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको त्यस संस्थामा १,१६५ जना शेयर सदस्य्य र ८०० जना नियमित बचतकर्ता रहेको जानकारी दिए ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी स‌ंघ (नेप्स्कून)का अध्यक्ष परितोष पाैड्याल, नेप्स्कूनका पुर्व सञ्चालक तथा संस्थाका सल्लाहकार नारायणप्रसाद शर्मा गैरे , कोशी पूर्व बचत तथा ऋण सहकारी संस्था लि.की पूर्व अध्यक्ष रेणुका चौलागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : १६ फाल्गुन २०७७, आईतवार १०:००