काठमाडौं–पोखरा रेल छिट्टै गुडाउँछु : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौं–पोखरा रेल छिट्टै गुडाउँछु : प्रधानमन्त्री



pm-oli
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अहिलेको सरकार आवश्यक रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित मुलुकभरका रजिस्टर्ड लेखा परीक्षकहरुको पेशागत संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान)को चौंथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले देशलाई नझुक्ने, नदब्ने, नडराउने सरकार चाहिएको बताए ।

ओलीले आफू पैसा कमाउनलाई नभएर देश बनाउन एवं देशमा आर्थिक अनुशासन कायम गर्न हिँडेको दाबी गरे । उनले आफूले हाल देशमा औद्योगीकरण, व्यवसायीकरण एवं यान्त्रीकरणको अभियानलाई हाँकेको बताए । उनले आफूले देशलाई समृद्धितर्फ लाग्न केही योजनाहरु अगाडि सार्दा सबैले हाँसोमा उडाएको बताउँदै छिट्टै नै त्यसको जवाफमा काठमाडौं–पोखरा रेल गुडाउने पनि बताए ।

उनले लेखा परीक्षकहरुले सामाजिक स्वच्छता, आर्थिक पारदर्शिता एवं समाजको समग्र आर्थिक गतिविधिको परिचालन गर्ने हुँदा देशमा रहेका लेखा परीक्षकहरुलाई देश विकासका लागि अधिकतम् सदुपयोग गर्नुपर्ने बताए । कार्यक्रममा एसोसिएसनका अध्यक्ष मोहनराज रेग्मीले संशोधन हुन लागेको चार्टड एकाउन्टेन्ट ऐनमा दर्तावाला लेखा परीक्षकहरुका सन्दर्भमा हाल देखिएका सबै विभेदको अन्त्य गरी समान सदस्यता कायम गर्न माग गरे ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित : २१ जेष्ठ २०७३, शुक्रबार १६:१३