शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा, फेरि ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव



काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले चैत ९ गते १५ र १६ औ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले प्रस्तावित बोनस शेयर पछि कामय पुँजीको थप साधारणसभामा लैजाने भएको छ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ।

कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो। यसै पुँजीमा प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको आगामी चैत ९ गते हुने वार्षिक साधारण सभामा यहि पुँजीको पुनः ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव गर्ने छ। हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ। शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ।

साधारसभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ। साधारणसभा प्रयोजनका लागि फागुन २६ गतेदेखि बुक क्लोज हुने भएको छ। फागुन २५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्ने छन् । कम्पनीले ८ महिना आगाडी मात्र ३० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

अब एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ भर्न पाईने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ एपबाट नै आईपीओ भर्न पाइने सविधा

प्रकाशित मिति २०७८ असार १ देखि