सनराइजसँग बिलय भयो नारायणी फाइनान्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइजसँग बिलय भयो नारायणी फाइनान्स



sunrise_6_2_2016_12_33_11काठमाडाै । नारायणी नेसनल फाइनान्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले सनराइज बैंकसँग बिलिन हुने (एक्वायर)  प्रस्ताव पारित गरेको छ ।
नारायणी नेसनललाई प्राप्ति गरेसकेपछि पनि बैंकको नाम सनराइज बैंक नै रहनेछ । सनराइजको एक सय कित्ता बराबर नारायणी नेसनल फाइनान्सको ७७ कित्ता सेयर कायम गरिएको छ ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) अनुसार यो सेयर अनुपात कायम गरिएको हो । सनराइजले नारायणी नेसनललाई आफूमा गाभिसकेपछि ३० प्रतिशत हकप्रद सेयरसमेत जारी गर्ने भएको छ ।
राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि योजना अनुसार आठ अर्ब पुँजी पुर्याउन सनराइजले नारायणी नेसनललाई एक्वायर गरेको हो । बैंकको सञ्चालक समितिमा नायारायणी नेसनल फाइनान्सका तर्फबाट एक जना सञ्चालकको प्रतिनिधित्व हुनेछ ।
नारायणी नेसनल फाइनान्सका कर्मचारीलाई सकेसम्म उनीहरू कायम रहेकै तहमा काम गर्ने गरी समायोजन गर्ने सहमति भएको छ । फाइनान्सका कर्मचारीले पाएको तलब भत्ता नघट्ने गरी सनराइज बैंककै कर्मचारीसरह समायोजना गरिने भएको छ ।
सनराइजमा नारायणी नेसनल एक्वायर भइसकेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ९५ करोड ४२ लाखभन्दा बढी पुग्नेछ । सनराइजको मात्रै हाल चुक्ता पुँजी तीन अर्ब ३३ करोड ६४ लाख ८१ हजार रूपैयाँ छ ।

प्रकाशित : २२ जेष्ठ २०७३, शनिबार १०:३५