सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा



काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको छ । नेप्सेले कम्पनीले लाभांश प्रस्ताव सम्बन्धि निर्णय कारोबार भैरहेको समयमा उपलब्ध गराएकाले स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको थियो ।

कम्पनीले सोमवार सञ्चालक समितिले निर्णय गरे लगतै सुचना प्रदान गर्ने उदेश्यले नेप्सेलाई जानकारी गराएको स्पष्टिकरण दिदैं आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था अनुसार गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६० करोड ६६ लाख ४० हजारको आधारमा कम्पनीले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलवार १३:२३