३५ अंकले घट्यो नेप्से परिसूचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३५ अंकले घट्यो नेप्से परिसूचक



stock काठमाडौं । साताको पहिलो दिनमै नेप्से परिसूचक ३४ दशमलव ९८ अंकले घटेर १ हजार ४ सय ८३ दशमलव १४ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ७ दशमलव ६९ अंकले घटेर ३ सय २० दशमलव ३१ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

कुल १ सय २८ वटा कम्पनीहरुको ६ हजार ४ सय ८३ वटा कारोबार भएकोमा २४ लाख ४५ हजार १ सय ५१ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ३९ करोड १७ लाख ८८ हजार ९ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबारको तुलनामा नेप्से कारोबार रकम ३४ करोड २० लाख रुपैयाँले बढेको हो ।
आज कारोबार भएका ८ वटा समुहहरुमा २ वटा समुह बढेका छन् भने ६ वटा समुह घटेको छ । बढ्नेमा सबैभन्दा बढी होटल समुह १ सय ३२ दशमलव ३४ अंकले र उत्पादन तथा प्रशोधन समुह शुन्य दशमलव ०५ अंकले बढेको छ भने विमा समुह २ सय १९ दशमलव ४७ अंकले, जलविद्युत समुह १ सय ३ दशमलव ९८ अंकले, विकास बैंक समुह ४२ दशमलव २१ अंकले, बैंकिंग समुह ३५ दशमलव २१ अंकले, फाइनान्स समुह ८ दशमलव ६६ अंकले र अन्य समुह ४ दशमलव ६९ अंकले घटेको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा सिटिजन्स बैंकको रहेको छ जसको २० करोड ९५ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै सानिमा बैंकको १४ करोड ११ लाख ६७ हजार रुपैयाँ, सिभिल बैंकको प्रमोटर शेयरको १० करोड ३६ लाख ३२ हजार रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको ६ करोड ५९ लाख ५९ हजार रुपैयाँ र एभरेष्ट बैंकको ५ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  सबैभन्दा धेरै आज सोल्टि होटलको ९ दशमलव ८० प्रतिशतले, किसान माइक्रोफाइनान्सको ५ दशमलव ९३ प्रतिशतले र ओमी माइक्रोफाइनान्सको ४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गुमाउनेमा आज सबैभन्दा बुटवल पावर कम्पनीको ८ दशमलव ४२ प्रतिशतले, गुँरास लाइफ इन्स्योरेन्सको ७ दशमलव ३३ प्रतिशतले र मितेरी डेभलपमेन्ट बैंकको ६ दशमलव २४ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७३, आईतवार १४:४२