उत्कृष्ट २५ महिला राइडरहरु सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उत्कृष्ट २५ महिला राइडरहरु सम्मानित



काठमाडौं । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ महिला राइडरहरुलाई सम्मान गरेको छ ।

पठाओले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरेको जनाएको छ ।

पठाओ नेपालमा हाल करिब १ हजार ६ सय जना महिला राइडर आवद्ध छन् ।

जसमध्ये करिब ३ सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब ३० हजार रुपैयाँ रहेको समेत सम्मान कार्यक्रममा जनाइएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार १७:२१