यी हुन सर्वाधिक कारोबार गर्ने कम्पनीहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

यी हुन सर्वाधिक कारोबार गर्ने कम्पनीहरु



काठमाडाै । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले घटेको हो ।

सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ मा पुगेको छ । कूल २१० वटा कम्पनीकाे एक कराेड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जानकारी दिएको छ ।

गिरावट आएको बजारमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपवर लिमिटेड, अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा), नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेका छन्

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार १७:३४