यस्तो छ प्रधानमन्त्री अोलीको ७ महिनाको खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ प्रधानमन्त्री अोलीको ७ महिनाको खर्च



फाइल फोटो
फाइल फोटो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता ‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्च र नेता र कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेतारकार्यकर्तालगायतले स्वदेश तथा विदेश भ्रमण र उपचार खर्चबापत ७ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।

भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्री, मन्त्री तथा दलका नेतारकार्यकर्ताले राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।

 

एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित : २४ जेष्ठ २०७३, सोमबार ०४:३३