दोस्रो खेप दिन सेरमको आनाकानी



काठमाडौं । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो।

सेरमले मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ। सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ। ‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्कता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न अथवा ढुवानी पछि सार्न चाहेको’ पत्रमा उल्लेख छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले योजनाअनुसार खोप आपूर्ति नभए खोप लगाउन अभियान नै रोक्नुपर्ने स्थिति आउने बताए।

‘सेरमले दिने भनेको थप १० लाख डोज खोप आएन भने खोप अभियानलाई निरन्तरता दिन कठिन हुन्छ र दोस्रो डोज उपलब्ध गराउन पनि ढिला हुन सक्छ,’ मन्त्रालयका ती अधिकारीले भने। सरकारले बुधबारसम्म सेरमबाट उत्पादित १२ लाख ६६ हजार खोप प्रयोग गरिसकेको छ। पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ सातामा दोस्रो डोज उपलबध गराउने सरकारी तयारी छ। सेरमबाट उत्पादित खोप लगाएका मानिसले अन्य कम्पनीको खोप लगाउन मिल्दैन।आजको नागरिक दैनिकबाट

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि