महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज



काठमाडाै । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।

महालक्ष्मी विकास बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा २५ वर्षदेखि सक्रिय देवकोटालाई सीईओ चयन गरेको हो ।

महालक्ष्मीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर आउने सुनिश्चित भएसँगे उनले दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए ।

सिटिजन्स बैंकमा स्थापनाकालदेखि नै आवद्ध रहेका देवकोटा २०७६ बैशाख १ गतेदेखि सिटिजन्समा डेपुटी सीईओको रुपमा कार्यरत थिए । सिटिजन्सअघि उनी नेपाल बैंकमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा २५ वर्षदेखि सक्रिय सीईओ देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १६:५८