पुरानै लयमा नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुरानै लयमा नेप्से



nepse-2काठमाडौं । आइतबार केन्द्रीय बैंकले मार्जिन लेन्डिङ कर्जा पुनरावलोकन गर्ने हल्लाका आधारमा घटेको नेप्से सोमबार पुनः ३३.६६ अंकले बढेर १५१६ अंकमा पुगेको छ । आइतबार करिब ३५ अंकले गुमेको शेयर बजार सोमबार पुनः ३३.६६ विन्दुले बढेको छ । आइतबार घटेका सबै उपसमूह सोमबार बढेका छन् भने आइतबार होटल समूहमा वृद्धि भएकोमा सोमबार दोहोरो अंकले ¥हास आएको छ ।

सोमबारको दिन १३४ कम्पनीको १६ लाख २२ हजार कित्ता सेयर करिब एक अर्ब १५ करोड १८ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १७५ अंकले उकालो लागेको छ । त्यस्तै हाइड्रोपावर, बैकिङ, विकास बैंक लगाएत फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ५७, ३८, २५, ६ र २ अंकले बढेका छन् । होटल समूहको सूचक ३९ अंकले आरोलो लागेको छ ।

बजारमा वमी माइक्रो फाइनान्स वित्तीय संस्था र कन्ट्री डेभलपमेन्ट बैंकको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, काष्ठमान्डप डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी लगायत राप्ती भेरी विकास बैंकका शेयर मूल्य बढेको छ । जेबिल्स फाइनान्सको लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । कर्नाली डेभलप्मेन्ट बैंक र नेपाल कम्यूनिटि डेभलप्मेन्ट विकास बैंकको करिब ८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी सानिमा बैंकको २४ करोड ३४ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सानिमाको सोमबारसम्म शेयर खरिद गर्नेले ५० प्रतिशत हकप्रद शेयरको लागि आवेदन दिन सकिने हुँदा सो बैंकको अधिक कारोबार भएको हो । नेपाल बङगलादेश बैंकको करिब ९ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सानिमा बैंक प्रमोटर सेयर, सोल्टी होटल लगाएत सिटिजन बैंक इटरनेशनलको करिब ३ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । हिमालयन जनरल इन्स्योरेन्स, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एलआइसी नेपालको शेयर कारोबार पनि २ करोड रुपियाँ भन्दा माथि नै भएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७३, सोमबार १४:५७