सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गिरी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गिरी नियुक्त



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको संचालक समितिले सोमबारदेखि लागु हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा गिरीलाई नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी कुल बैंकिङ्ग क्षेत्रमा २१ बर्ष भन्दा बढी गिरीको कार्य गरेको अनुभव छ ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार १७:२१