वैरो संघको अधिवेशन असार तेस्रो हप्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वैरो संघको अधिवेशन असार तेस्रो हप्ता



काठमाडौं ।  वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र अधिवेशन आगामी असार १७ गते हुने भएको छ । यसअघि वैशाख २५ गते गर्ने भनिएको संघको साधारणसभा र अधिवेशन भूकम्पकाbaideshik-rojgar कारण स्थगित भएकामा असार १७ गते गर्ने निर्णय गरिएको संघका महासचिव कमल तामाङले जनाकारी दिए ।

साधारणसभामा नाम पठाउन बाँकी रहेका सदस्यले असार २ गतेभित्र नाम पठाउन संघले आग्रह गरेको छ । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । हाल ७ सय ६० वटा म्यानपावर संघमा आबद्ध रहेका छन् ।

यसअघि निर्वाचनमार्फत अध्यक्ष चुनिएका संघका अध्यक्ष बलबहादुर तामाङलाई अविश्वासको प्रस्तावमार्फत हटाई हंशराज वाग्ले अध्यक्ष बनेपछि दुई वर्षदेखि दुवैले आफूलाई अध्यक्ष दाबी गर्दै आएका थिए । आगामी निर्वाचनले लामो समयदेखि संघभित्र देखिएका विवाद अन्त्य हुने र आधिकारिक नयाँ कार्यसमिति आउने अपेक्षा गरेको व्यवसायीले बताएका छन् ।

प्रकाशित : २३ जेष्ठ २०७२, शनिबार ०८:३३