स्टाण्डर्ड चार्टर्ड बैंकको २५ प्रतिसत बोनस सेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्टाण्डर्ड चार्टर्ड बैंकको २५ प्रतिसत बोनस सेयर पारित



Standerd-charterd-bankकाठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको शुक्रबार सम्पन्न साधारणासभाले लगानीकर्तालार्इ चुक्ता पुँजीको २५ प्रतिसत बोनस सेयर र ९.२१ प्रतिशत नगद लभांस दिने सञ्चालक समितिको प्रस्ताब पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७१/७२को नाफाबाट बोनस तथा लाभांस दिन लागेको हो । गत वर्ष बैंकले एक अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकमा स्टाण्डर्ड चार्टर्ड समूहको ७५ प्रतिसत र साधारण लगानीकर्ताको २५ प्रतिशत लगानी छ ।
 त्यस्तै, साधारणसभाले साधारण सेयरधनीका तर्फबाट शंकरलाल अग्रवाललार्इ सञ्चालकमा निर्वाचित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष अनन्त नारायणले लगानीकर्तालाई निरन्तर सहयोगका लागि धन्यवाद दिए । उनले आगामी दिनमा पनि बैंकले दीर्घकालिन स्थायित्व सहितको बृद्धिमा केन्द्रित हुने जानकारी सेयरधनीहरुलाई दिए ।

प्रकाशित : २४ जेष्ठ २०७३, सोमबार १५:१२