‘बाफिया’ ऐनमा व्यक्तिगत लाभ नहेर्न सांसदहरुलाई अर्थविद्को सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘बाफिया’ ऐनमा व्यक्तिगत लाभ नहेर्न सांसदहरुलाई अर्थविद्को सुझाव



काठमाडाै । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले  ‘बाफिया’ ऐन आउँदै नआउनुभन्दा आउनु राम्रो भएपनि बैंकिङ क्षेत्रको जोखिम न्यूनीकर र सुशासनमा सबैपक्ष सचेत हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार राजधानीमा गरेको छलफल कार्यक्रममा क्षेत्रीले बजारमा चलेको चर्चाअनुरुप बाफिया ऐन आएमा बैंकिङ क्षेत्र जोखिममा आउनसक्ने बताएका हुन् ।

उनले ९५ प्रतिशत जनताको पैसा रहेको बैंकमा ५ प्रतिशत लगानी हुने प्रवद्र्धकले मनपरी गर्न नसकून् भनेर बाफिया ल्याइएको बताए । अर्थ समितिका सदस्य दीपक कुइँकेलले बाफियामा संशोधन नराखी अगाडि बढ्नै नसक्ने स्थिति रहेकाले समितिले संशोधनसहित पारित गरेको दाबी गरे । अनुगमन गर्ने निकायले राम्रोसँग अनुगमन गरे सन्चालकले गल्ती गर्दा कारबाही गर्नसक्ने उनले उल्लेख गरे ।

बैंक तथा वित्तीय क्षेत्रमा संस्थागत् सुशासन र जोखिम व्यवस्थापनका लागि भन्दै नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको नयाँ ऐन बाफियाको व्यवस्था व्यहारिक नभएको भन्दै सांसदहरुले उल्ट्याइदिएका थिए ।

राष्ट्र बैंकका पूर्वर्काकारी निर्देशक भाष्करमणि ज्ञावालीले संसदहरुले आफ्नो स्वाथ्र्य अनुसारको निर्णय आफैं गराएको बताए । ‘अहिले आएर बैंकका सञ्चालकहरु नै बसेको संसदीय समिति र उपसमितिबाट उहाँहरुकै स्वाथ्र्यसँग सम्बन्धित छ, जसले गर्दाखेरी सेप्रेसन अफ पावर, नियन्त्रण र चेक एण्ड व्यालेन्चको सिद्धान्त यी सबै कुराचाहीँ उलंघन भएको देखिन्छ,’ उनले भने । संसदको पूर्णसदनले बाफियाको विधेयक जस्ताको त्यस्तै संसदबाट पारित गरे भविष्यमा त्यसले विकृति ल्याउने उनले बताए ।

प्रकाशित : २४ जेष्ठ २०७३, सोमबार १५:४४