अब दैनिक २० लाख रुपैयाँसम्म भुक्तानी गर्न मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अब दैनिक २० लाख रुपैयाँसम्म भुक्तानी गर्न मिल्ने



काठमाडाैं । कनेक्ट आइपिएसमार्फत हुने डिजिटल भुक्तानीको सीमा २० लाख रुपैयाँसम्म पुगेको छ । अब कनेक्ट आइपीएसबाट एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ । यसअघि दैनिक १० लाख रुपैयाँसम्म मात्र भुक्तानी गर्न सकिन्थ्यो ।

यसैगरि कनेक्ट आइपिएसको मोबाइल एप्लिेकेशनबाट अब दैनिक २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ । यसअघि दैनिक १ लाख रुपैयाँसम्ममात्र एप्लिेकेशनबाट भुक्तानी गर्न सकिन्थ्यो ।

नयाँ व्यवस्था बुधबारबाटै कार्यान्वयनमा आएको पनि क्लियरिङ हाउसले जनाएको छ ।

कनेक्ट आइपीएसबाट रकम भुक्तानी गर्दा लाग्ने शुल्क पनि कम छ । यसका लागि २ देखि १५ रूपैयाँसम्म शुल्क लाग्ने गरेको छ ।

५० हजारभन्दा माथिको भुक्तानीमा १५ रुपैयाँ, ५ हजारदेखि ५० हजारसम्मको कारोबारमा १० रूपैयाँ, ५ सयदेखि ५ हजारसम्म कारोबारमा ५ रूपैयाँ र ५ सयमुनिको कारोबारमा २ रूपैयाँ शुल्क लाग्ने गरेको पनि क्लियरिङ हाउसले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०७७, बिहीबार २०:३६