सेयर बजार १६ सयको बाटोमा लम्कदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजार १६ सयको बाटोमा लम्कदै



stockकाठमाडौ । मंगलबार  सेयर बजार दोहोरो अंकले बढेको छ। सोमबार ३३ अंकले वृद्धि भएको बजार मंगलबा १४.६९ अंकले बढेको छ।

नेप्से परिसूचक  १५३१.४९ बिन्दुमा पुगेको छ । कारोबार पनि उच्च छ। मंगलबार १ अर्ब १४ करोडको सेयर  कारोबार भएको  छ। जलबिद्युत र होटल समूह बाहेका अन्य सूचक हरिया भएका छन्।

मंगलबार बिमा समूहमा ८८ अंकको सुधार आएको छ । बाणिज्य बैंक समूहमा १७ र विकास बैंक समूहमा ११ अंकको सुधार आएको छ ।

१५ सयबाट तल आइपुगेको बजार दुई दिनमै उलेख्य सुधार भएर १५३१.४९ बिन्दुमा पुगेको हो। अब १६ सयको बाटोलाई नेप्सेले  सुरक्षित गरेको विश्लेषण गरिएको छ।

मंगलबार सबैभन्दा बढी कारोबार ब‌ंगलादेश बैंकको भएको छ। यो बैंकको मात्रै मंगलबार २८ करोड बढीको सेयर कारोबार भएको छ। पचासदेखि सय प्रतिशतसम्म हकप्रद र कमाइबाट आकर्षक बोनस दिएर आफै पुँजी गर्ने तयारीबारे चर्चा चलेपछि लगानीकर्ताहरु यसमा झुम्मिएका छन्।

मंगलबार बढी कारोबार हुनेमा सानिमा, प्राइम, हिमालयन जनरल इन्सुरेन्स, सिटिजन्स, युनाइटेढ इन्सुरेन्स, मेगा, एनएलआइसी, लुम्बेनी जनरल इन्सुरेन्स र शिखर इन्सुरेन्स छन्। बैंक र बिमाले नै मंगलबार बजार उचालेका छन्।

 सबैभन्दा बढी कारोबार हुने कम्पनीहरु

top

प्रकाशित : २५ जेष्ठ २०७३, मंगलवार १६:४३