एफपिओ निष्कासन गर्ने तरखरमा दुई लघुवित्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एफपिओ निष्कासन गर्ने तरखरमा दुई लघुवित्त



उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैटौं सभा होटल पौवा, रुपन्देहीमा चैत्र ३१ गते मंगलबार बिहान १०:३० मा सुरु हुनेछ ।

सभामा बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार बराबरको एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा हुँदैछ ।

सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ ।
त्यसैगरी, सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम १५.३४५७७ प्रतिशत बोनस सेयर र ०.८०७६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । चैत्र १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : १० चैत्र २०७७, मंगलवार १५:५६