तराईमा घरजग्गा कारोबार घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तराईमा घरजग्गा कारोबार घट्यो



काठमाडौं । तराईका जिल्लामा घरजग्गा तथा रियल इस्टेट कारोबारमा शतप्रतिशतसम्म गिरावट आएको छ।
मधेस आन्दोलनबाट बढी प्रभावित ८ वटा जिल्लाको घरजग्गा रजिस्ट्रेसन तथा घर/भवन स्थायी नक्सा पास शून्यबराबर भएको हो।
नेपाल राष्ट्र बैँकले चालू आर्थिक वर्ष ०७२÷७३ को पहिलो ६ महिनाको आर्थिक गतिविधि अध्ययन गरी जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार समग्र घरजग्गा रजिस्ट्रेसन संख्यामा २८ प्रतिशतले कमी आएको छ।
गत वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा १ दशमलब ८ प्रतिशतको बृद्धि थियो। यो अवधिमा घर/भवन नक्सा पास संख्या ३२.७ प्रतिशतले कमी आएको छ। कारोबार दैनिकमा समाचार छ – अध्ययनमा ४७ जिल्ला समेटिएको छ।

प्रकाशित : २६ जेष्ठ २०७३, बुधबार ०३:०६