ग्लोबल आइएमई बैंकका ३ वटा नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकका ३ वटा नयाँ शाखा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका-३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका-४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका-५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत् आफ्ना २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार १३:३५