रहेनन पूर्वमन्त्री नवीन्द्रराज जोशी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रहेनन पूर्वमन्त्री नवीन्द्रराज जोशी



काठमाडौ । कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज(शुक्रबार) निधन भएको छ ।
फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहनुभएका नेता जोशीको आज(शुक्रबार) साँझ ८ः२४ बजे निधन भएको हो ।


मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो ।

उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताउनुभएको छ ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार २०:५७