यस्तो छ काठमाडौं जिल्ला बारमा चुनावी माहोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ काठमाडौं जिल्ला बारमा चुनावी माहोल



काठमाडाै । काठमाडौ जिल्ला अदालत बार एसोसिएसनमा चुनावी माहोल तातेको छ। आगामी जेठ २९ गते शनिबार हुन लागेको निर्वाचनका लागि तीनवटा प्यानल मैदानमा उत्रिएका छन्। कानुन व्यवसायीहरु काठमाडौ बार नेतृत्वमा आ–आफ्ना पक्षका उम्मेदवारलाई जिताउने आन्तरिक कसरतमा लागेका छन्। करिब २ हजार ४ सय ४४ मतदाता रहेको काठमाडौबार चुनावमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डि.एल.ए नेपाल) काठमाडौबाट अधिवक्ता लक्ष्मण थपलियाको नेतृत्वको समूहले आफ्नो प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएको छ। laxman thapaliya

२०६९ जेठ ६ गतेको निर्वाचनद्धारा कृष्णप्रसाद पनेरुको अध्यक्षतामा गठित काठमाडौ डि.एल.ए.को कार्यसमितिले काठमाडौ जिल्ला अदालत बार एसोसिएसनको कार्यसमितिको निर्वाचनको लागि उम्मेदवार छनोट समिति गठन गरेको थियो। उक्त समितिले सिफारिस गरेको डि.एल.ए.काआधिकारिक उम्मेदवार थपलिया प्यानल भएको दाबी गरिएको छ। काठमाडौं जिल्लामा विगतदेखि नै लोकतन्त्रवादी बीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा कानुनव्यवसायीमा चुनावी दौडधुप बढेको छ।

चुनावी प्रतिस्पर्धाका लागि अधिबक्ता लक्ष्मण थपलियाको प्यानल र अधिवक्ता तेजबहादुर रावल दुवैले छुट्टा छुट्टै प्यानल सार्वजनिक गरिसकेका छन्। दुवै समूहको चुनावी रणनीति र नाराहरु प्रति कानुन व्यवसायीहरु प्रभावित देखिएका छन्। तर आधिकारिक प्यानलले बाजीमार्न सक्ने आंकलन मतदाताहरुले गर्न थालेका छन्। दुवै प्यानल आफूलाई आधिकारिक भएको दावी गरिरहेका छन् ।

को–को भिड्दै छन ?

लोकतन्त्रवादीहरु बिच हुने चुनावी प्रतिस्पर्धामा तीन समुह देखिएपनि अधिबक्ता लक्ष्मण थपलियाको प्यानल र अधिवक्ता तेजबहादुर रावलबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । विगत २३ बर्ष देखि कानुन व्यवसायीको रुपमा काम गर्दै आएका थपलिया काठमाडौ बारको सदस्य र सचिवको जिम्मेवारी समेत पुरा गरिसकेका कारण आफू बलियो उम्मेद्वार भएको दावी गरेका छन्। कानुन व्यवसायीमा अझ लोकप्रिय मानिएका थपलिया प्रतिद्धन्द्धी रावल र रमेशराज सिग्देल भन्दा केही अनुभवी र नेतृत्व क्षमतामा अब्बल मानिन्छन्। यता रावल समूहले पृथकनाराहरु तय गरेर जित्ने दावी गरेको छ।

यस्तो छ थपलियाको  समूह

थपलियाको नेतृत्वमा पदाधिकारी तर्फ उपाध्यक्ष अधिवक्ता मदन रेग्मी, सचिव अधिवक्ता छविरमण निरौला, सहसचिव अधिवक्ता रञ्जिता कार्की र कोषाध्यक्ष अधिवक्ता जगन्नाथ श्रेष्ठ रहेका छन्। यस्तै महिला दुई सदस्यतर्फ क्रमश अधिवक्ता प्रमिला कायस्थ र हिरामाया अवाल छन् । त्यस्तै सदस्यहरुमा खुल्ला तर्फ अधिवक्ताहरु हरिहर शिलवाल, रामचन्द्र ओझा, धुव्रराजशर्मा, गोकुल भण्डारी, पुष्पराज पाण्डेय, अमर बहादुर बस्नेत, गंगा प्रसाई, दिव्यराज घिमिरे, जयराम श्रेष्ठ ,माधव दुलाल, कुन्दनकुमार झा र गंगाराम खनाल रहेका छन् ।

leaflet design

प्रकाशित : २६ जेष्ठ २०७३, बुधबार ११:५९