हकप्रद निष्कासनमा बैंक तथा वित्तिय संस्थाको दाैड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हकप्रद निष्कासनमा बैंक तथा वित्तिय संस्थाको दाैड



काठमाडाै । पुँजी बजारमा हकप्रद जारी गर्न कम्पनीको सङ्ख्या बढ्दै गएको छ । मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी चारदेखि २५ गुणासम्म बृद्धि गर्नु पर्ने व्यवस्था गरेपछि पुँजी जुटाउने दौडधुपमा लागेका संस्थाहरु धमाधम हकप्रद निष्कासनमा लागेका हुन ।

1464679744picking-the-right-stock

पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा आठ वटा कम्पनीले हकप्रद निष्कासन गर्न  आवेदन दिइसकेका छन् ।  एनबी इन्सुरेन्सले १० बराबर ८ (१०ः८) अनुपातमा हकप्रद निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले १२ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसैगरी, लक्ष्मी लघुवित्त कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कुल ११ लाख कित्ता हकप्रद ल्याउन लक्ष्मी लघुवित्तले अनुमति मागेको छ । सहारा विकास बैंकले पनि तीन लाख ५४ हजार कित्ता हकप्रद जारी गर्न लागेको छ । यो बैंकले १ः१.५ अनुपातमा हकप्रद ल्याउँदैछ । मेगा बैंकले पनि हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ ।
बैंकले ४ बराबर १ कित्ता हकप्रद ल्याउन खोजेको छ । कुल ८१ लाख एक हजार चार सय ३८ कित्ता हकप्रद निष्कासन गर्न पुँजी बजार नियामक धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । यसैगरी, हिमालयन बैंकले ७ः१ अनुपातको ६४ लाख २७ हजार तीन सय ३० कित्ता हकप्रद ल्याउने कसरत गरेको छ । हिमालयनले पनि बोर्डमा निवेदन दर्ता गराइसकेको छ ।

क्रेडिट रेटिङ गर्नु नपर्ने भएकाले बोर्डले आवश्यक कागजपत्र पूरा गरेको पाँच दिनभित्रै निष्कासन अनुमति दिन्छ । जलविद्युत्तर्फको अपि हाइड्रोपावर कम्पनीले एक सय कित्ता बराबर दुइ सय कित्ता (१ः२) हकप्रद जारी गर्ने भएको छ । कुल दुई करोड कित्ता सेयर निष्कासन गर्न अपिले अनुमति मागेको छ । उता, युनाइटेड फाइनान्स र वमी माइक्रोफाइनान्सले पनि हकप्रद ल्याउने बाटो  रोजेका छन् । युनाइटेड फाइनान्सले ४ः१ अनुपातको ११ लाख ५९ हजार आठ सय ३६ कित्ता र वमी माइक्रोफाइनान्सले २ः१ अनुपातमा एक लाख ८० हजार कित्ता हकप्रद ल्याउन लागेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुलाई २०७४ असार मसान्तसम्म राष्ट्र बैंकले तोकेको न्यूनत्म चुक्तापुँजी बृद्धि गनुपर्नै दवाव छ । राष्ट्र बैंकले आगामी दुई बर्षभित्र बाणिज्य बैंकलाई आठ अर्ब, राष्ट्रियस्तरको विकास बैंकलाई दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीलाई ८० करोड पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

प्रकाशित : २६ जेष्ठ २०७३, बुधबार १५:१५