पर्ख र हेरमा बस्न मिल्दैन,सहकारी विभाग ऐन कार्यान्वयनमा लागोस्ः पौड्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

पर्ख र हेरमा बस्न मिल्दैन,सहकारी विभाग ऐन कार्यान्वयनमा लागोस्ः पौड्याल



काठमाडाै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐन कार्यान्वयनमा सम्झौता हुनै नसक्ने बताए ।

जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै पौड्यालले पर्ख र हेरमा विभाग बस्न नमिल्ने भन्दै ऐन कार्यान्वयन गर्न विभाग कडाइका साथ लाग्नुपर्ने बताए ।


राष्ट्र बैंकले सहकारीलाई नचिन्ने भएकाले राष्ट्र बैंक ऐन संशोधन हुनुपर्ने तर्क गरे । तीन खम्बे अर्थनीती कार्यान्वयन चुनौती रहेको भन्दै कार्यान्वयन गर्न सबै जुट्नुपर्ने बताए ।

‘ऐन कार्यान्वयन समस्या छ’ उनले भने,‘ विभागले ऐन कार्यान्वयन गराउन कुनै कन्जुस्याई गर्न हुन्न ।’ नियमन गर्न सहकारी विभागको सामथ्र्य कम भएको भन्दै क्षमता बढाउनुपर्ने उनले बताए ।

कोभिडको समयमा बैंक र नेफ्स्कुनले १÷१ अर्बको कोष बनाएपनि सहकारीबाट माग नआएको बताए । ‘हाम्रो नेटवर्कभित्र भएका सहकारीको उत्तरदायित्व लिन्छौं’ उनले भने ।


साकोसको शुद्धिकरणका लागि बचत ऐन आउनुपर्ने उनले बताए । ‘३०र ७० प्रतिशत र कार्याकारीको व्यवस्था कार्यान्वयन हुनैपर्छ’ उनले भने ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार १८:३८