नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको पुरै प्यानल विजयी



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेलको पुरै प्यानल विजयी भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार महासंघको अध्यक्षमा विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।

महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरू गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।

जितपछि पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जीत भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए ।

नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छाया पर्न नदिने प्रतिबद्धता जनाए । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए ।

अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघलगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

महासंघको समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रोशन पुरी विजयी भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
१६७८ निको हुँदा, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न अर्थमन्त्रीलाई बैंक अध्यक्षहरुको दबाब

काठमाडांै । बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ

महालक्ष्मी विकास बैंकको खुद नाफा ७१ प्रतिशतले उकालो लाग्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड खुद नाफा ७१ प्रतिशतले उकालो लागेको छ

प्रकाशित मिति २०७८ असार १ देखि