नेपालमा ३०३ जना नयाँ संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेपालमा ३०३ जना नयाँ संक्रमित थपिए



काठमाडौं । नेपालमा ३०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार २८ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार २७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या दुई हजार ९६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या एक रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०४० पुगेको छ ।

प्रकाशित : २९ चैत्र २०७७, आईतवार १७:१८