बंगलादेशले ल्यायो ८० प्रतिशत हकप्रदको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बंगलादेशले ल्यायो ८० प्रतिशत हकप्रदको प्रस्ताव



nepal_bangladesh_bank_6_12_2016_1_10_45काठमाडौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। यो बैंकले सेयरधनीले अब १० कित्ता सेयर बराबर ८ कित्ता हकप्रद सेयर पाउने भएका छन्।

बैंकको जेठ २८ मा बसेको सञ्चालक समिति बैठकले राष्ट्र बैंकको प्रावधान अनुसार चुक्ता पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यो सूचना आइतबार सार्वजनिक भएको छ।

राष्ट्र बैंकबाट बैंकको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि यो अहिलेसम्मकै सर्वाधिक आकर्षक हकप्रद प्रस्ताव हो। आकर्षक हकप्रद दिएर आफै पुँजी पुर्‍याउने तयारी थालेपछि पछिल्ला दिनमा लगानीकर्ताहरु यो बैंकमा झुम्मिएका छन्। बैंकको मूल्य र कारोबारमा निरन्तर उछाल देखिएको छ।

तेस्रो त्रैमासिक रिपोर्टमा पहिलेभन्दा उल्लेखनीय रुपमा बढी नाफा कमाएको यो बैंकको वित्तिय स्वास्थ्य पछिल्लो समय सुदृढ बनेको छ। हकप्रद जारी गर्ने सञ्चालक समितिको प्रस्तावलाई आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

प्रकाशित : ३१ जेष्ठ २०७३, सोमबार ०२:५७