२०७७ साल आर्थिक क्षेत्र तहसनहस: शेयर बजारमा ऐतिहासिक रेकर्ड



काठमाडौं । २०७७ साल हरेक क्षेत्रका लागि उपलब्धीमूलक हुन सकेन । कोरोना महामारीका कारण लकडाउनका बीच सुरु भएको वर्ष ०७७ आर्थिक दृष्टिकोणले पनि निकै भयावह रह्यो ।

लकडाउनका कारण महिनौं उद्योग धन्दा बन्द भए भने लाखौंले रोजगारी गुमाए । ०७७ सालमा आर्थिक क्षेत्रमा सबैभन्दा ठूलो क्षति होटल तथा पर्यटन क्षेत्रले व्यहोर्नु पर्‍यो ।

देश भित्र र बाहिर गरी करीब १५ लाख नेपालीले रोजगारी गुमाएको अनुमान छ । रोजगारी गुमेका कारण १२ लाख मानिस गरीबीको रेखामुनि धकेलिएको राष्ट्रिय योजना आयोगको आँकडा छ । आर्थिक वृद्धिदर १ दशमलव १९ प्रतिशतले ऋणात्मक रह्यो । निर्माण क्षेत्रमा काम ठप्प हुँदा विकास बजेट चैत मसान्तसम्ममा २९ प्रतिशत अर्थात १ खर्ब ३१ अर्ब मात्रै खर्च भएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा झापादेखि कञ्चनपुरसम्म औद्योगित क्षेत्र शिलान्यास गरिएको छ भने निर्वाचन क्षेत्रमा आधारित सडकहरूको पनि शिलान्यास गरिएको छ । तयारी विना नै शिलान्यास गर्ने लहड चलाएको भनेर प्रधानमन्त्रीको आलोचना समेत भएको छ ।

खर्च हुन नसक्दा दोस्रो चौमासिक पछि सरकारले बजेटको आकार घटाएको छ । आर्थिक गतिविधि सुस्ताएका बेला बढिरहेको खर्च कटौतीमा सरकारले देखाएको उदासिनताले ऋणको भार बढिरहेको छ । यस अवधिमा वैदेशिक अनुदान र ऋणमा समेत कमी आएको छ ।

यसै वर्ष केही आशा जगाउने काम पनि भएका छन् । २० वर्षदेखि अल्झिएको मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भएको छ । उपत्यकावासीले मेलम्चीको पानी पिउन थालेका छन् ।

वर्ष २०७७ ले उभार ल्याएको अर्को क्षेत्र हो शेयर बजार । कोरोनाका कारण तीन महिना बन्द भएर खुलेको शेयर बजार १२ सयको विन्दुबाट बढ्दै अघि बढेर चैत मसान्तको दिन नेप्सेले २७ विन्दु नाघेर ऐतिहासिक रेकर्ड बनाएको छ । यो वर्ष पूर्ण अनलाइन कारोबार समेत कार्यान्वयनमा आएको छ भने दैनिक १० अर्ब माथिको कारोबारको रेकर्ड समेत कायम भएको छ । त्यस्तै डिम्याट खाता खोल्ने ग्राहकको संख्या पनि ३० लाख नाघेको छ ।

कोरोना महामारीका कारण रेमिट्यान्समा कमी आउने प्रक्षेपण विपरित रेमिट्यान्समा सुधार आएर ८ महिनाको अवधिमा ८ खर्ब ११ अर्ब पुग्यो । यस अवधिमा शोधनान्तर स्थिति पनि बचतमै रहेको छ । पछिल्ला केही महिना यता होटल तथा पर्यटन क्षेत्र बाहेकका क्षेत्रले लय समात्न खोजेको छ । तर, कोरोनाको दोस्रो लहरले फेरि बन्द हुने त्रास बढाएको छ ।

त्यस्तै कोभिडका कारण आन्तरिक उडानका वायुसेवा कम्पनीहरूले करिब १० अर्ब ६२ करोड, नेपाल वायुसेवा निगमले करिब ५ अर्ब, विदेशी लगानीमा सञ्चालित हिमालय एयरलायन्सले करिब २ अर्ब बराबरको आम्दानी गुमाएको तथ्यांक प्राधिकरणलाई बुझाएका छन् ।

होटल संघ नेपाल’ (हान) का अनुसार कोराना महामारीका कारण होटल तथा रिसोर्टहरूले प्रतिमहिना १ अर्ब ८० करोड घाटा बेहोर्नुपरेको छ । कोरोनाकालमा नेपालको पर्यटन क्षेत्रले मासिक ७ अर्ब नोक्सानी बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय,यस्तो छ कारण

काठमाडौँ । नेपाल सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ

मुलुक अप्ठ्यारोमा पर्दा महासंघले सधै अग्रभागमा रहेर सेवा दिएको छ : अध्यक्ष गोल्छा

काठमाडाैं । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत सञ्चालित सबै कार्यक्रमहरूबाट ठूलो संख्यामा

अर्थमन्त्रीद्वारा कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छरितो बनाउन निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडाैँ । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान

प्रकाशित मिति २०७७ बैशाख १ देखि