सिजेएनलाई पाँच तारा साकोसको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिजेएनलाई पाँच तारा साकोसको सहयोग



काठमाडाै । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले नेपाल सहकारी पत्रकार समाजलाई १ लाख १ हजार १५१ रुपैया प्रदान गरेको छ ।

संस्थाको १३औं स्थापना दिवस एवं नयाँ वर्ष २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठक उक्त चेक नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललाई हस्तान्तरण गरेका हुन् ।

समाजले स्थापना गरेको ‘सिजेएन पत्रकार हितकोष’ मा उक्त रकम जम्मा हुनेछ । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थापना भएको उक्त कोषमा पाँचताराको तर्फबाट उक्त राशि प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष पाठकले जनाए ।

सहकारी अभियानको प्रवर्द्धनका निम्ति निरन्तर कलम चलाउने पत्रकारहरुसँग जोडिएर संस्थाले आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनले बताए ।

सिजेएनका अध्यक्ष खिलानाथ दाहालले पत्रकारहरुको वृत्तिविकास र हकहितका लागि समाजले काम गर्दै आएको बताए । भविष्यमा आइपर्न सक्ने दुर्घटना वा भैपरीको अवस्थामा पत्रकारहरुलाई राहत प्रदान गर्ने उद्देश्यले सिजेएन हितकोष निर्माण गरिएको उनले जनाए ।

त्यसका साथै उक्त कोषमार्फत पत्रकारहरुको क्षमता अभिवृद्धि देखि सम्मान र पुरस्कार समेत प्रदान गर्ने व्यवस्था छ । कोषमा रकम प्रदान गरेकोमा पाँच तारा साकोस परिवारलाई अध्यक्ष दाहालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरे ।

प्रकाशित : २ बैशाख २०७८, बिहीबार १०:१३