उच्च विन्दुमा शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

उच्च विन्दुमा शेयर बजार



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) शेयर कारोबार मापक नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेकाे छ । नेप्से ०.७६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.१७ अंकले बढेर ४९२.४४ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे एक कराेड ९० लाख २० हजार ५ सय २८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे मात्र शेयर घटेकाे छ ।

त्यसैगरी, बिहीबार काराेबार रकमकाे आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले अग्र स्थान कायम गरेकाे छ ।

बिहीबार बेष्ट फाइनान्सका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गर्दा मल्टीपर्पस फाइनान्सका शेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित : २ बैशाख २०७८, बिहीबार १६:१९