उपत्यकाको सहित १४ जिल्लामा सार्वजनिक क्षेत्रका गतिविधि बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

उपत्यकाको सहित १४ जिल्लामा सार्वजनिक क्षेत्रका गतिविधि बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तीनसहित विभिन्न १४ जिल्लामा सार्वजनिक क्षेत्रका गतिविधि बन्द गर्नका लागि आग्रह गरेको छ ।

कोरोना संक्रमणको जाेखिम उच्च भएका १४ जिल्लामा विद्यालयसहितका सार्वजनिक क्षेत्र बन्द गर्नका लागि मन्त्रालयले आग्रह गरेको हो ।

उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरसहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङमा विद्यालयसहित मनोरञ्जन, खेलकुद र रात्रिकालीन व्यावसाय बन्द गर्नका लागि मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित : २ बैशाख २०७८, बिहीबार १७:१४