रु रुको आइपीओ बाँडफाँड,९२ हजार बढीको आवेदन रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

रु रुको आइपीओ बाँडफाँड,९२ हजार बढीको आवेदन रद्द



काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। शुक्रबार बिहान आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो।

जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्।

आईपीओ रिजल्ट सम्बन्धित कम्पनी, विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट डट सिडिएससी डट कम डट एनपी (www.iporesult.cdsc.com.np) बाट बाँडफाँटको नजिता हेर्न सकिने भएको हो ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार १०:०९