प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला चयन



काठमाडौँ । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय भएको कम्पनी सचिव अमित भण्डारीले जनाएका छन् ।

सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।

प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्टचन बाहिरिएपछि अध्यक्ष पद खाली थियो ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार १२:०४