कानून मिचेर विदेशमा कर छल्दै कारोबार गर्ने यि हुन नेपालका हाइप्रोफाइल व्यक्तिहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कानून मिचेर विदेशमा कर छल्दै कारोबार गर्ने यि हुन नेपालका हाइप्रोफाइल व्यक्तिहरु



160403195014_panama_paper_leaks_640x360__nocreditकाठमाडाै। नेपालका हाइप्रोफाइल व्यक्तिहरुले नेपाली कानून मिचेर विदेशमा कर छल्दै कारोबार गर्ने गरेको भेटिएकोछ । अन्तर्राष्ट्रिय खोजमूलक पत्रकारहरुको संस्था आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा भेटिएका केही नाममा चौधरी, गोल्छा सहित अन्य हाइप्रोफाइल नेपालीहरु पनि रहेका छन् । खोजमूलक पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले सन् २०१३ मा सार्वजनिक गरेको अफसोर लिक्स र गएको सोमबार मध्यरात सार्वजनिक गरेको पनामा पेपर्स लिक्सलाई अहिले एउटै डेटाबेसमा सजिलै खोज्न मिल्ने गरी राखिएको छ। त्यसैकारण पहिले नदेखिएका नामहरु पनि अहिले देखिएका हुन्। सो लिष्टमा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीका छोरा वरुण चौधरी, पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यका रुपमा मनोनीत उद्योगपति दीवाकर गोल्छाकी बहिनी उषा गोल्छा कन्करिया, एक कन्टिनेन्टल ग्रुपका संस्थापक अध्यक्ष सुहृदराज घिमिरे, सुह्रदराज घिमिरेका व्यवसायिक साझेदार पुरुषोत्तम पौडेल, नबिल बैँकका सिइओ ससिश जोशीका दाजु नवीन्द्र जोशी लगायतको नाम रहेकोछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेको भए तापनि सबै नेपाली नागरिक र नेपालभित्र स्थापित भएको संगठित संस्थाहरुले विदेशमा कुनै किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित : २ असार २०७३, बिहीबार ०२:१४