सिटिजन्स बैंकको वितरण योग्य मुनाफा २२७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकको वितरण योग्य मुनाफा २२७ प्रतिशतले बढ्यो



काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार संस्थाको खुद नाफामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेखिय बृद्धि भएको छ अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड रुपैयाँ मात्र रहेकोमा अहिले त्यस्तो मुनाफा २२७.५८ प्रतिशतले बृद्धि भएर १ अर्ब ३४ करोड रुपैया पुगेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो १३.१९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ ।

बैंकको सञ्चालन मुनाफामा पनि ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा १ अर्ब ५२ करोड रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैया ८७ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २० रुपैयाँ ७२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १५.९४ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ८७ पैसा रहेको छ ।

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ। बैंकले गत चैत्र १३ गते तिनाउ मिसन डेभलेपमेन्ट बैंकलाई एक्वायर गरी एकिकृत कारोबार सुरु गरेको थियो ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १२:१८