नेपालमा १६६७ जना नयाँ संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपालमा १६६७ जना नयाँ संक्रमित थपिए



काठमाडौं । नेपालमा १६६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १६६७ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ७५६ रहेको छ । संक्रमित मध्ये दुई लाख ७५ हजार ८०६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या आठ हजार ६५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ११ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३१०२ पुगेको छ ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १८:४२