युवा व्यवसायी रायमाझीले लालबन्दीमा खोले १० करोडको लगानीमा डालीमार्ट स्टोर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

युवा व्यवसायी रायमाझीले लालबन्दीमा खोले १० करोडको लगानीमा डालीमार्ट स्टोर



काठमाडौं । सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा करिव १० करोडको लगानीमा डालीमार्ट नामक डिपार्टमेन्ट स्टोर खुलेको छ ।

२०५२ सालदेखि व्यवसाय लालबन्दीमै व्यबसाय गर्दै आएका हरिवन नगरपालिका–११, निवासी युवा व्यवसायी अर्जुन रायमाझीले एकल लगानीमा लालबन्दी नगरपालिका–७, स्थित मरिण चौक नजिक सो डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका हुन् ।

डिपार्टमेन्ट स्टोरको वुधवार बिहान पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दीका जनप्रतिनिधि, व्यवसायी र समाजसेवी लगायतको उपस्थितिमा उदघाटन गरिएको हो ।

डिपार्टमेन्ट स्टोरमा खाद्यान्न, किचेन, इलेक्ट्रोनिकलगायत गरी ७ हजार प्रकारको सरसामग्री राखिएको र उद्घाटनका अवसरमा समान अनुसार १५ प्रतिसतसम्म छुटको व्यवस्था मिलाइएको संचालक रायमाझीले जानकारी दिए ।

व्यवसायी रायमाझीले उदघाटनकै अवसरमा सेवाग्राहीको अत्यधिक चाप देखेर अत्यन्त उत्साह जागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।

लालबन्दीमा झण्डै तीन दशकदेखि इँटा भट्टा, हार्डवेयर लगायतको व्यवसाय गर्दै आएकोले लालबन्दी र आसपासका नागरिकलाई हरेक सर सामग्री सुपथ मूल्यमा उपलब्ध गराउनका लागि डिपार्टमेन्ट स्टोर संचालन गरिएको उनले जनाए ।

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १४:१५