बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११.९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११.९ प्रतिशतले बढ्यो



काठमाडौ । चालु आर्थिक वर्ष २०७२÷७३ को दश महिनाको अवधिमा  बैंक  तथा  वित्तीय  संस्थाहरूको  निक्षेप  ११.९  प्रतिशतले  बढेको   छ  ।  अघिल्लो  वर्षको सोही अवधिमा यस्तो निक्षेप  १२.४  प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  समीक्षा अवधिमा वाणिज्य बैंक र  विकास बैंकहरूको निक्षेप क्रमशः १२ प्रतिशत र  ७.३ प्रतिशतले  बढेको छ ।  वार्षिक  बिन्दु गत  आधारमा २०७३  वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.५ प्रतिशतले बढेको छ ।

Nepal-Rastra-Bank_Panorama1_20111122085657

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५ प्रतिशतले बढेको  थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह क्रमशः १७.६  प्रतिशत,  १२.९  प्रतिशत  र  ३.२  प्रतिशतले  बढेको  छ  ।  वार्षिक  बिन्दु गत  आधारमा  २०७३  वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २१.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कृषि, औद्योगिक उत्पादन, निर्माण तथा सेवा उद्योग जस्ता प्रमुख क्षेत्रहरूमा अघिल्लो  वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह केही न्यून भएको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको  कर्जा १३.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.३  प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १०.९ पतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १८  प्रतिशत  र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २७.५ प्रतिशतले बढेको छ ।

२०७३  वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको   लगानीमा रहिरहेको कर्जामध्ये ६१.५ प्रतिशत कर्जा  घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्ति  (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह  भएको  छ  ।  अघिल्लो  वर्षको  सोही  अवधिमा  यस्तो  धितोमा  प्र वाहित  कर्जाको  अनुपात  क्रमशः  ५९.६ प्रतिशत र १२.९ प्रतिशत रहेको  थियो । २०७३  वैशाखसम्ममा  बैंक  तथा  वित्तीय संस्थाहरूको  कुल लगानीमा  रहेको  कर्जा मध्ये  घरजग्गा    क्षेत्रमा  रु.  २३३  अर्ब  ८०  करोड  (प्रति  ग्राहक  रु.  १  करोडभन्दा  कमको  रु.  १३३  अर्ब  ९१  करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४.८ प्रतिशत हुन आउँछ । २०७३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले  सेयरको  धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २ प्रतिशत  (रु. ३२ अर्ब २१ करोड) रहेको छ ,भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा   कुल कर्जाको २.५ प्रतिशत (रु. ३२ अर्ब ९२ करोड) छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा  (आयात कर्जा)  २७  प्रतिशत  (रु.  १४ अर्ब  ८८  करोड)  ले  बढेको   छ  ।  अघिल्लो  वर्षको  सोही  अवधिमा  यस्तो  कर्जा  २१.१  प्रतिशतले  बढेको   थियो  ।  वार्षिक  बिन्दुगत  आधारमा  २०७३  वैशाख  मसान्तमा  उक्त  मुद्रा  १०.७ प्रतिशतले बढेको  केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित : २ असार २०७३, बिहीबार ०३:१६