अब १ घण्टामै निःशुल्क डिम्याट खाता खोल्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब १ घण्टामै निःशुल्क डिम्याट खाता खोल्न सकिने



काठमाडौँ । एनआईसी एशिया क्यापिटलले लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरिरहेको छ ।

पछिल्लो समयमा कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो बारम्बार सुनिएको हुँदा अनलाइन मार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

क्यापिटलले ‘एनआइसी एशिया अनलाइन डिम्याट सेवा’ उपत्यका बाहिरबाट समेत संचालन गरेको र असार मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्रहाकहरुलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइटमा क्लिक गरी रितपुर्वक विवरण भरी उक्त विवरण सक्सेसफुल सवमिसन भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १८:१९