यस्तो रहयो यो साताको नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो रहयो यो साताको नेप्से



काठमाडौं । साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा ३४ दशमलव ९८ अंकले बढेर अन्तिम दिन १ हजार ६ सय ३२ दशमलव ९४ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि पहिलो दिनको तुलनामा ६ दशमलव ६८ अंकले बढेर ३ सय ५२ दशमलव ६३ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

stock
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३४ हजार ६ सय १० कारोबारबाट ९ अर्ब ३० करोड ७२ लाख ४८ हजार रुपैयाँ बराबरका १ करोड ५२ लाख ९३ हजार ९ सय ७० कित्ता शेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ८६ प्रतिशतले बढी हो । गत साता १ सय ४९ कम्पनीहरुको २९ हजार ८ सय १२ कारोबारबाट ६ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ बराबरका ९२ लाख ४५ हजार ७ सय कित्ता शेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ जसको रकम रहेको ७८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल इन्स्योरेन्सको संस्थापकको ४९ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ४३ करोड ६८ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३८ करोड ६१ लाख रुपैयाँ र रुलर माइक्रोफाइनान्स डेभलपमेन्टको २७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेडको अग्रस्थानमा रहेको छ जसको ३५ लाख ५ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ  । त्यसैगरी कारोबार संख्याको आधारमा २ हजार ६ सय ८० वटा कारोबार हुदै नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ ।

कुमारी बैकको बोनस शेयर २६ लाख ७२ हजार ५२ कित्ता, नेरुडे लघुवित्त विकास बैंककोे बोनस शेयर ५ लाख ५० हजार कित्ता, एनएमबि माइक्रोफाइनान्सको बोनस शेयर ६० हजार कित्ता, ज्योति विकास बैंकको बोनस शेयर ७ लाख ६२ लाख ५ सय ३ कित्ता, माउण्ट मकालु विकास बैंकको बोनस शेयर ६० हजार कित्ता र एकता विकास बैंकको बोनस शेयर २ करोड ७७ लाख ४ सय कित्ता नेप्सेमा सुचीकृत भएको छ ।

हाल सुचिकृत संगठित संस्थाहरुको कार्य सम्पादन र वित्तीय स्थिति सामान्य स्तरमा तथा समग्रमा देशको आर्थिक बृद्धि १ प्रतिशत भन्दा तल रहेकोमा धितोपत्र बजारको सूचकाङ्क नेप्से इन्डेक्स निरन्तर रुपमा बढ्दै उच्च विन्दुमा आइसकेको आइरहेको अवस्थामा धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सतर्क भएर लगानी गर्न आग्रह गरेको छ ।

दिनदिनै नेप्सेले नयाँ उचाई कायम गर्दै जाँदा नेपाल धितोपत्र बोर्डले भने लगानीकर्तालाई सजगताका साथ लगानी गर्न आग्रह गरेको छ । साताको अन्तिम कारोबारको दिन विहिबार बोर्डले विज्ञप्ती जारी गर्दै शेयर बजार परिसुचक नेप्से १ हजार ६ सय ३३ अंकमा पुगेको अवस्थामा अर्थतन्त्रले त्यसलाई सहयोग नगरेको भन्दै बोर्डले विबेकपुर्ण तबरले लगानीगर्न लगानीकर्तालाई अपील गरेको हो ।

बोर्डले विज्ञप्ती जारीगरेसँगै लगानीकर्तामा आगामी दिन आइतबार बजार खुल्दा सेयर बजार बढ्ला कि घट्ला भन्ने चिन्ताले सताउन थालेको छ । यद्यपी बजारमा हल्लाको पछि नलागी उचित कम्पनीको छनौट गरी लगानी गर्दा नोक्सानी बेहोर्नुनपर्ने विज्ञको भनाई छ ।

प्रकाशित : ३ असार २०७३, शुक्रबार १५:३४