सेयर कारोबारीलाई ५ प्रतिशत र लगानीकर्तालाई २ प्रतिशत कर प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सेयर कारोबारीलाई ५ प्रतिशत र लगानीकर्तालाई २ प्रतिशत कर प्रस्ताव



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमले आगामी बजेटका लागि ७ बुँदे सुझाव पेश गरेको छ । फोरमले अर्थमन्त्री बिष्णु पौडेललाई ७ बुँदे सुझाव दिएको हो । फोरमका सभापति अम्बिका प्रसाद पौडेल नेतृत्वको टिमले कारोबारी र लगानीकर्तालाई छुट्याएर फरक फरक करका दर कायम गर्नुपर्ने जनाएको छ ।

कारोबारीलाई ५ प्रतिशत र लगानीकर्तालाई २ प्रतिशत कर प्रस्ताव गरिएको छ । म्युचुअल फण्डमा एक लाख रुपैयाँसम्म लगानी गर्नेहरुलाई कर योग्य आयबाट घटाउन पाउनुपर्ने लगाउने लगायतका माग अघि सारिएका छन् ।

प्रकाशित : १२ बैशाख २०७८, आईतवार २१:०७