यति डेभलपमेन्ट बैंकको १० लाख रुपैयाँको सहयोग उद्दार कोषमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यति डेभलपमेन्ट बैंकको १० लाख रुपैयाँको सहयोग उद्दार कोषमा



काठमाडौं । यति डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १० लाख ६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका पदाधिकारीले उक्त रकमको चेक प्रधानमन्त्री सुशिल कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

गत वैशाखमा गएको महाभूकम्प र त्यसपछिका शक्तिशाली परकम्पहरुले ठूलो धनजनको क्षति भएको छ । भौतिक संरचनमा पुगेको क्षतीको पुनर्निर्माणका लागि बैंकले रकम कोषमा जम्मा गरेको हो ।

संस्थागत सामाजिक उत्वरदायित्व पुरा गर्न यो रकम राहत कोषमा जम्मा गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । । रकम हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालकहरु, कामु प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।

प्रकाशित : २३ जेष्ठ २०७२, शनिबार ०१:५८