उपत्यकाका तीन जिल्लामा बिहिबारदेखि निषेधाज्ञा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

उपत्यकाका तीन जिल्लामा बिहिबारदेखि निषेधाज्ञा



काठमाडौं । उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

समाचार स्रोतका अनुसार सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते बिहिबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

‘उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने निर्णय भएको छ । निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने छ । निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुने बताइएको छ ।’

प्रकाशित : १३ बैशाख २०७८, सोमबार १६:४६